साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गा÷जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रूपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।