जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ


काठमाण्डु – प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डुमा १ जनालाई पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका–२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिलबहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।