वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोडभन्दा बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर १० करोडभन्दा बढी रकम ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १० करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा ललितपुरको कोन्जोसोम गाउँपालिका–१ बस्ने सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डुको महाराजगञ्जस्थित ट्रेनिङ सेन्टर सञ्चालन गरेका लामाले पीडितहरूलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुर जस्ता मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरी फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाण्डु महानगरपालिका–३१ शंखमूलबाट पक्राउ गरेको छ ।

लामाले पीडितबाट ५ लाखदेखि १५ लाख रूपैयाँसम्म लिई वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानी समेत बरामद भएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।