मासिक १ लाख तलब हुने प्रलोभनमा पारेर २ लाख ठगी गर्ने महिला पक्राउ

मासिक १ लाख तलब हुने प्रलोभनमा पारेर २ लाख ठगी गर्ने महिला पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मासिक १ लाख तलब हुने रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर २ लाख ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कुवेत पठाएर रोजगारी लगाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तेह्रथुमको म्याङलुङ नगरपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–८ गौशाला बस्ने ४३ वर्षीया जुनु तुम्बाहाङफेलाई पक्राउ गरेको छ ।

जुनुले १ जनालाई वैदेशिक रोजगारीका लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी २ लाख ठगी गरेकाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काटमाण्डु गौशालाबाट पक्राउ गरेको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।