डडेल्धुरा – जिल्लाको अमरगढी नगरपालिका–१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अछामको साफे नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन् ।
प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरी टोलीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुप प्र ०१ ००१ ख ३४०७ नम्बरको बसमा सवार दुवैलाई पक्राउ गरेको हो ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया