२ ग्राम ब्राउनसुगरसहित २ महिला पक्राउ

२ ग्राम ब्राउनसुगरसहित २ महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट प्रहरीले २ ग्राम ब्राउनसुगरसहित २ महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–२ बस्ने २४ वर्षीया पवित्रा आचार्य र २५ वर्षीया रिया बिष्ट रहेका छन् ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले सुप प्र ०१–००१ प १७०९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।