रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले ज्यान मार्ने धम्की दिएर रकम असुली गर्न खोजिरहेका १ जनालाई फतुवा विजयपुरबाट पक्राउ गरेको छ ।
प्रहरीले फतुवा विजयपुर–८ का ३५ वर्षीय श्रीभगवान साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार साहलाई पक्राउ गरी प्रहरीले आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
उनले भनिन्, ‘साहले ज्यान मार्ने धम्की दिएर रकम असुल्ने योजना बनाएका रहेछन् । हामी यस मुद्दामा अरु पनि व्यक्ति संलग्न छ/छैन अनुसन्धान गरिरहेका छौं ।’ साहले मोबाइल नम्बर ९८०१५७७५१० बाट स्थानीय व्यापारीलाई पटक–पटक फोनमार्फत् ५० लाख रकम माग्दै आएका बताइएको छ ।




प्रतिक्रिया