बेरोजगार युवालाई रुसी आर्मीमा पठाउनेहरू पक्राउ, ट्राभल्स सञ्चालकको संलग्नता

बेरोजगार युवालाई रुसी आर्मीमा पठाउनेहरू पक्राउ, ट्राभल्स सञ्चालकको संलग्नता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेरोजगार नेपाली युवालाई रुस पुर्‍याएर झुक्क्याई आर्मीमा काम लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले अलास्का ट्राभल्सका सञ्चालक बताउने अर्जुन सुनार (अर्जुन श्रेष्ठ) र शेरबहादुर राई (शेखर राई) लाई पक्राउ गरेको छ ।

बेरोजगार युवालाई रुसको होटलमा आकर्षक तलब हुने प्रलोभनमा पारेर जनही ६ लाख रुपैयाँ लिएर शंकर कार्की, राजन राई र विकास राईलाई रुस पठाएकोमा त्यहाँ पुगेर रुसी सेनामा काम लगाउन खोजिएको थियो ।

रुस पुगेपश्चात शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिलाई ८०० डलर थप दिएर पनि ‘तपाईंहरू आर्मीका लागि हो, तालिम गर्नुपर्छ’ भनेपछि उनी सेनामा काम नगरी फिर्ता आएका थिए ।

रुसबाट फर्केपछि कार्यालयमा निवेदन दिएकोमा प्रहरीले अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरेको छ । उनले एसएलसी मात्र पास गरेको, सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिइएकाले आवश्यक कारवाही गरी पाउँ भनी प्रमाणसहित कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले काठमाण्डुको माइतीघर र थापागाउँबाट आरोपीहरूलाई पक्राउ गरी मानव तस्करी गरी ठगी गरेको कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

कार्कीसँगै गएका राजन राई र विकास राई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको प्रहरीले जनाएको छ । प्रहरीले भनेको छ, ‘यसरी नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झूटा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्नहरूबारे थप अनुसन्धान भइरहेको छ ।’