सप्तरी – जिल्लाको राजगढ गाउँपालिका–२ झौरा चोकबाट स्रोत नखुलेको ५ लाख २९ हजार ९७० भारतीय रुपैयाँसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको भरफोर ग्राम पन्चायत सुब्बा टोल मधुवनी–३ बस्ने २५ वर्षीय संजय कुमारलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले बीआर ५० बी १५४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको डिक्कीमा लुकाइ राखेको भारतीय रूपैयाँ फेला पारी चालक कुमारलाई पक्राउ गरेको हो ।
बरामद रकम सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया