काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजीभन्दा बढी तौलसहित एक विदेशी महिलालाई पक्राउ गरिएको छ । दुबईबाट आएकी श्रृलंकाकी कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
उनले आफ्नो ब्रा र अन्डरवयरमा लुकाएर सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ ।




प्रतिक्रिया