काठमाण्डु – सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुरको कटारी नगरपालिका–१ घर भई हाल ललितपुरको च्यासल बस्ने ४२ वर्षीय विकास कुमार घले र काठमाण्डु महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा छन् ।
उनीहरू समेतले वैदेशिक रोजगारीका लागि सर्बिया पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी रकम ठगी गरेकाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विकास घलेलाई काठमाण्डु महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाण्डु सिनामंगलबाट आईतबार दिउँसो पक्राउ गरेको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।




प्रतिक्रिया