कटारीबाट ६० किलो गाँजासहित २ जना पक्राउ

कटारीबाट ६० किलो गाँजासहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – जिल्लाको कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।