बाँके – प्रहरीले ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेको बैजनाथ गाउँपालिका–५ जिगाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको छ ।
रावतले ती बालिकालाई पुस २५ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट न्युसिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
बलात्कार घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया