माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता पक्राउ

माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता पक्राउ


काठमाण्डु- नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार झन्डा र प्लाकार्डसहित निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका १७ जना नेविसंघका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए। माइतीघरलाई काठमाण्डु प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो। निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन्।