भगाएर विवाह गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

भगाएर विवाह गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा १ जना पक्राउ

File Photo

सल्यान – भगाएर प्रेम विवाह गरेको २ महिनामै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

सल्यान जिल्लाको छत्रेस्वरी गाउँपालिका–५ लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षकी श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पुनले गत मंसिर १० गते सीमालाई भगाएर विवाह गरेका थिए । सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेकोबारे स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

मृतक युवतीको शरीरमा निलडाम देखिएको छ । प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक बयानमा आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।