काठमाण्डु – पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
नुवाकोटको लिखु गाउँपालिका–४ घर भई हाल काठमाण्डुको तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी रकम ठगी गरेकाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डुको माछापोखरीबाट पक्राउ गरेको छ ।
थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको छ ।




प्रतिक्रिया