काठमाण्डु – सामाजिक सञ्जाल यूट्युबमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुर नगरपालिका–४ आँगाटार बस्ने सिरहाको लहान नगरपालिका–२४ स्थायी घर भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरणसहित भिडियो बनाई सामाजिक सञ्जाल यूट्युबमार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्र हत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा मनोजको संलग्नता खुल्न आएपछि उनलाई कीर्तिपुरबाट पक्राउ गरेको छ ।
उनीउपर काठमाण्डु जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिई विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया