काठमाण्डु – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ) लाई पक्राउ गरेको छ ।
आज मंगलबार कार्कीसँग समय मागेर प्रतिष्ठानका विषयमा कुरा गर्न पुगेका ३ जनाको समूहले १ घण्टा छलफल गरेपछि कालो मोसो दल्ने प्रयास गरेको थियो ।
कार्कीको कार्यकक्षमा रहेका घोपा अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण भट्टराई, वरिष्ठ हवल्दार भुपेन्द्र पोखरेल र हवल्दार टिकाराम कट्टेलको प्रहरी टोलीले तत्काल तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारीले घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।




प्रतिक्रिया