माल्टा पठाइदिने प्रलोभनमा पारेर ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

माल्टा पठाइदिने प्रलोभनमा पारेर ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाण्डु – माल्टा पठाइदिने प्रलोभनमा पारेर ६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्की घर भई काठमाण्डुको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

उनले दीपकराज कँडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन ८ लाख लाग्ने र मासिक १ लाख २० हजार तलब हुने भनी प्रलोभनमा पारेर पटक–पटक गरी ६ लाख १८ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।