काठमाण्डु – बैंकिङ कसूर मुद्दामा कैद सजाय तोकिएर फरार रहेका व्यक्तिलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–२ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने ४० वर्षीय रेवतबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दामा २४ दिन कैद सजाय, ७५ लाख जरिवाना र ७५ लाख रुपैयाँ जाहेरवालालाई बिगो भराई क्षतिपूर्तिबापत पीडित राहत कोषमा ३ लाख रुपैयाँ जम्मा गराउने ठहर भई २०७७ मंसिर २१ गते उच्च अदातल पाटन ललितपुरबाट फैसला भएको थियो ।
फरार रहेका रानालाई कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डु जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया