काठमाण्डु – न्युजिल्याण्डमा मासिक २ लाख तलबको जागिर लगाउने प्रलोभनमा पारेर साढे ११ लाख ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सल्यान जिल्लाको शारदा नगरपालिका–१ घर भई हाल काठमाण्डु महानगरपालिका–२६ सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी समेत २ जनालाई पक्राउ गरेको छ ।
उनले खड्गराज गिरी समेत २ जनालाई वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाइदिन प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्ने र फूड प्याकिङ काम लागेर मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाई प्रलोभनमा पारेर ठगी गरेको जनाइएको छ ।
आरोपीले पीडितहरूबाट पटक–पटक गरी जम्मा ११ लाख ५० हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भई ठगी गरेकाले प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढाथोकी र ३३ वर्षीय टोपबहादुर सेजवाललाई पक्राउ गरेको छ ।
काठमाण्डुको नयाँ बानेश्वरबाट दुवैलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया