बारामा ३५ किलो चरेशसहित २ जना पक्राउ

बारामा ३५ किलो चरेशसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध चरेश २ जना पक्राउ परेका छन् ।

प्रहरीले करीब ३५ किलो चरेशसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरिएको छ ।

चरेश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।