रौतहट – राजदेवी नगरपालिका–७ मुडवल्वा बस्ने २२ वर्षीय तेजनारायण ठाकुरको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा कपडामा आइरन लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गौर प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
उनको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया