पोखरा – सरकारी छाप दुरुपयोग गरेको आरोपमा नेविसंघका केन्द्रीय सदस्यसहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१९ पुरुन्चौर घर भई हाल नयाँबजार बस्ने २८ वर्षीय सतिश बास्तोलासहित पोखराको चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र २९ वर्षीय विवेक श्रेष्ठलाई पक्राउ गरेको छ ।
पक्राउ परेका बास्तोला नेविसंघका केन्द्रीय सदस्य छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ परेको हो । कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले आरोपीहरूले पोखरा नयाँबजारस्थित ब्लुहोम डेकोरबाट विभिन्न संघसंस्था, सरकारी र वडा कार्यालयका छाप तथा जरायोको सिङसमेत लुकाइछिपाई राखेको अवस्थामा बरामद गरिएको जानकारी दिए ।




प्रतिक्रिया