अवैध लागूऔषध चरेश र सालकको खपटासहित ३ जना पक्राउ

अवैध लागूऔषध चरेश र सालकको खपटासहित ३ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – थाहा नगरपालिका–९ टिपटारबाट अवैध लागूऔषध चरेश करीब १० किलो र करीब १ किलो तौलको सालकको खपटासहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका–७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेकबहादुर गोले, टेकबहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चित्लाङ र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरूको कोठा तलासी गर्दा लागूऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरेको छ ।

आरोपीहरू सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।