पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर ८ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चितवनको खैरेनी नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट २६ वर्षीय समिरकुमार कर्णलाई पक्राउ गरेको छ ।

उनले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने भनी पटक–पटक गरी जम्मा ८ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेका थिए ।

ठगीको उजुरीपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा काठमाण्डु महानगरपालिका–३१ बानेश्चर पानीट्यांकीबाट पक्राउ गरेको छ ।

थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।