काठमाण्डु – बालिका बलात्कारको आरोपमा नेपाल समाजवादी पार्टीका नेता हरि श्रेष्ठ पक्राउ परेका छन् ।
मकवानपुरमा बालिका बलात्कार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि उनलाई हिरासतमा राखिएको भण्डारीले जानकारी दिए ।
सिन्धुलीको मरिन गाउँपालिका–७ का श्रेष्ठले मकवानपुरकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालयमा प्राप्त जाहेरीमा उनले फागुन ४ गते बलात्कार गरेको उल्लेख छ ।
पक्राउ परेका श्रेष्ठ नेपाल समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य हुन् । माओवादी सशस्त्र विद्रोहमा सहभागी श्रेष्ठ पछिल्लोपटक समाजवादीमा लागेका छन् ।




प्रतिक्रिया