त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको हो । उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाण्डु ओर्लिएका थिए।

आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको पत्ता लागेको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।