अछाममा जिप दुर्घटनाः एक बालकको मृत्यु, १४ घाइते

अछाममा जिप दुर्घटनाः एक बालकको मृत्यु, १४ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ। १४ जना घाइते भएका भएका छन्।

घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए। डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको एम्बुलेन्स, जिपबाट उद्धार गरेर बयलपाटा अस्पतालमा पुर्‍याएर उपचार भइरहेको छ। अन्य घाइतेको सङ्ख्या, नामथर र ठेगानाका बारेमा विवरण सङ्कलन भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ।

चौरपाटी बस्ने ५१ वर्षीय तेजबहादुर रावलले चलाएको से १ झ ४२९ नम्बरको जिप लुग्राको आमरुख नजिक दुर्घटना भएर करिब एकसय ५० मिटर तल खसेको थियो। घटनास्थलमा प्रहरी पुगेर घटनाका बारेमा विस्तृत बुझ्ने काम भइरहेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले जानकारी दिए।