रोल्पा – १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।
कामीले ती किशोरीलाई पाखोबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खुंग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया