काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई प्रहरीेले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई सामाखुसीबाट गएराति पक्राउ गरेको हो । उनलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी भइरहेको स्रोतले बताएको छ ।
दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनामा अन्य व्यक्ति थुनामा छन्। पर्वत स्थायी घर भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए। चन्द्र घले र मीनबहादुर घलेसहितका प्रतिवादीलाई काठमाण्डु जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भएको थियो।
गुरुङको माओवादी केन्द्रकै केही उच्च नेताहरुसंग गहिरो सम्बन्ध छ । सिआईबीकै उच्च अधिकारीसंग समेत सुमधुर सम्बन्ध भएका गुरुङ प्रक्राउ नपरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले एआईजी किरण बज्रचार्यलाई फोन नै गरेर चांसो दिएका थिए ।
गृहमन्त्री श्रेष्ठसमक्ष गुरुङसंग आर्थिक लेनदेन भएकै आधारमा उनलाई प्रक्राउ नगरिएको गुनासो पुगेको थियो । मन्त्री श्रेष्ठले सिआईबीकै अधिकारीहरुमाथि छानविन गर्ने चेतावनी दिएपछि उनि पक्राउ परेका हुन् ।




प्रतिक्रिया