ऋण हिनामिना प्रकरण: सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित ९ जना पूर्वकर्मचारी पक्राउ

ऋण हिनामिना प्रकरण: सेञ्चुरी बैंकका दुई पूर्व सीईओसहित ९ जना पूर्वकर्मचारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तत्कालीन सेञ्चुरी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित ११ जना पक्राउ परेका छन् ।

मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हाल प्रभु बैंकका डेपुटी सीईओ रहेका न्यौपाने र पूर्वसीईओ गौतमसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने ११ जना मध्ये पूर्वकर्मचारीहरु दीलिप बराल, रमण श्रेष्ठ, दिपेश प्रधान र राजेश भण्डारी छन् । त्यस्तै सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ पक्राउ परेका छन् ।

स्रोतका अनुसार उनीहरु सबै ऋण हिनामिना आरोपमा पक्राउ परेका हुन्। सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो। गत पुसमा प्रभु बैंकले सेञ्चुरीलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। सेञ्चुरी बैंकमा रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

कमसल धितो राखेर उनीहरुले बैंकिङ कसुर गरेको जनाइएको छ। उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।