तनहुँ – १८ वर्षीया र १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे बडडाँडा बस्ने ४१ वर्षीय युका भन्ने युवराज गुरुङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले १८ वर्षीया किशोरीलाई गत असोज २९ गते र १५ वर्षीया किशोरीलाई फागुन २ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया