करीब ५२ किलो गाँजासहित ५ जना पक्राउ

करीब ५२ किलो गाँजासहित ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब ५२ किलोसहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन कालिका नगरपालिका–११ बस्ने ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, ४१ वर्षीय दिपलाल प्रजा र मनहरी गाउँपालिका डेरा गरी बस्ने कपिलवस्तु घर भएका ३५ वर्षीय शिरपतिया चौधरी रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूमध्ये दिनेश चेपाङ, प्रसान्त प्रजा, रमेश प्रजा र दिपलाल प्रजा समेत ४ जनालाई करीब ४० किलो र शिरपतिया चौधरीलाई करीब १२ किलो गाँजासहित पक्राउ गरेको हो । ४ जना हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा३ख ८३८२ नम्बर र शिरपतिया नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना७ख ६०७६ नम्बरको बसमा सवार थिए ।

गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।