बालिकाको मृत्युबारे प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान हुँदै

बालिकाको मृत्युबारे प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चितवनको छात्रावासमा बालिकाको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले प्रधानाध्यापकसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

रत्ननगर नगरपालिका–१५ माधवपुर घर भई वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको गत शनिबार बिहान मृत्यु भएको थियो ।

बालिकाको मृत्यु प्रकरणमा अनुसन्धान गर्न प्रहरीले ज्यान सम्बन्धी कसूरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले बताए । देवकोटा स्कूलका प्रधानाध्यापक, अधिकारी सहप्रधानाध्यापक र पौडेल होस्टेलका वार्डेन रहेका छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्दै पोस्टमार्टम रिपोर्टलाई पर्खिरहेको छ । शव पोस्टमार्टमका लागि काठमाण्डुस्थित महाराजगञ्ज शिक्षण अस्पताल ल्याइएको छ ।

बालिका शनिबार बिहान होस्टलको कोठामा रहेको सिलिङ पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि घटनालाई शंकास्पद रूपमा हेरिएको छ ।