अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित बेलडागी बस्ने ३२ वर्षीय अनिल लुइँटेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ बागवान बस्ने ३५ वर्षीया रिनादेवी सिंहलाई अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवा समेतबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी उनलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध लागूऔषध खैरो हेरोइन करीब २ ग्राम २ मिलिग्रामसहित बेलडाडी गाउँपालिका–३ वैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ भाइरल रोडबाट अवैध लागूऔषध गाँजा करीब ४० ग्राम र १ थान खुकुरीसहित भीमदत्त नगरपालिका–१२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको छ ।

बरामद लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।