काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करीब २ किलोसहित रौतहटको माधव नारायण नगरपालिका–१ बस्ने २७ वर्षीय महेश कुमार यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना६ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरिएको छ ।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम ७३ मिलिग्रामसहित विराटनगर महानगरपालिका–१५ बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया