काठमाण्डु- बागमती प्रदेशसभा सचिवालयका अधिकृत रामचन्द्र अर्याल पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरीले जनाएको छ ।
अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ ।




प्रतिक्रिया