रोल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, १ जना पक्राउ

रोल्पामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

रोल्पाको रून्टीगढी गाउँपालिका–१ लापल बस्ने २६ वर्षीय तुलबहादुर भन्ने आकाश घर्तीमगर शुक्रबार बिहान पक्राउ परेका हुन् ।

आकाशले बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।