भक्तपुर – पत्नी २१ वर्षीया पवित्रा राईको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएकी पवित्राको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया