सिरहा – हँसिया प्रहारबाट श्रीमती ६० वर्षीया निर्मला साहको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सिरहा नगरपालिका–६ बसबिट्टा बस्ने ६५ वर्षीय राम उदगार साहलाई आईतबार दिउँसो पक्राउ गरेको छ ।
स्थानीय बसबिट्टा कमला बाँधस्थित बाख्रा चराइरहेकी निर्मलालाई रामले हँसिया प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र वडा प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया