बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको बिर्तामोड नगरपालिका–६ घर भई काठमाण्डु महानगरपालिका–११ कपन बस्ने ४२ वर्षीय प्रविण संग्रौलालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०८० वैशाख १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद, २१ लाख रूपैयाँ बिगो बमोजिम जरिवाना र क्षतिपूर्ति शुल्क ८४ हजार रूपैयाँ भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–२१ सुन्धाराबाट पक्राउ गरेको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल ललितपुर पठाइएको छ ।