डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ

डेढ किलो चरेशसहित सशस्त्र प्रहरीका जवान पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान लागूऔषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई पक्राउ गरेको हो ।

बझाङ स्थायी घर भएका उनी लागूऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।