पेस्तोल र गोलीसहित २ जना पक्राउ

पेस्तोल र गोलीसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – बरहथवा नगरपालिका–६ मगर टोलबाट प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पेस्तोल १ थान, गोली ६ राउण्ड र म्याग्जिन १ थानसहित २ जनालाई सोमबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहारको सितामढी थाना सैयाराग्राम सैयारा बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतिहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्रकुमार राउत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले कोठाबाट हातहतियारसहित जितेन्द्रलाई पक्राउ गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीतर्फ लैजाने क्रममा बसबरिया गाउँपालिका–६ पोखरीयास्थित बाटोमा जितेन्द्र गाडीबाट भाग्न खोजेपश्चात गोली फायर गरी नियन्त्रणमा लिइएको छ ।

गोली लागेर घाइते भएका जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।