लागु औषधसहित एक जना प्रहरीको नियन्त्रणमा

लागु औषधसहित एक जना प्रहरीको नियन्त्रणमा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलिले शुक्रबार दिउसो निजगढ नगरपालिका १३ भक्तलालका २१ वर्षिय लाल बहादुर वाईबालाई दुई सय १६ किलो गाँजा सहित पक्राउ गरेको हो ।

घरमा खानतालासी गर्दा प्रहरीले बिक्रीका लागी तयार पारिएको गाँजा सहित दुई लाख सात हजार र गाँजा ओसार पसारमा प्रयोग भएको ना ३९ प २४५३ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकल समेत बरामत गरेको ईलाका प्रहरी कार्यालय निजगढ प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।