काठमाण्डु- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ ।
आइतवार कार्यालय समय सुरु हुनासाथ नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।




प्रतिक्रिया