१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय पुरुष पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मानबहादुर सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।