पेस्तोल र गोलीसहित १ जना पक्राउ

पेस्तोल र गोलीसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–१८ सराङकोटमा प्रहरीले पेस्तोल र गोलीसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ३८ वर्षीय नरबहादुर विकलाई म्याग्जिन नभएको पेस्तोल १ थान र गोली १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–२४ बाँस्कोटस्थित बन्दै गरेको घरमा पेस्तोल लुकाइछिपाई राखेको हतियार विकको भएको खुल्न आएपछि उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–२४ पामेबाट पक्राउ गरेको छ ।

हतियार सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।