अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

अवैध सुन कारोबारमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध सुनको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाण्डु महानगरपालिका–२४ बाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिका–३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापाको बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारतको महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र १८ वर्षीय २ जना किशोर छन् ।

अवैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सुन १७६८.२९ ग्राम र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको छ ।

उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।