काठमाण्डु – श्रीमती ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु महानगरपालिका–६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुंगा घर भएका सन्तोष परियारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा आएर जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच, डडेल्धुरामा आफ्नै श्रीमती ३८ वर्षीया डम्बरीदेवी देउवाको हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेला बस्ने ४२ वर्षीय कर्ण बहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै माया मेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया